
एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेश गर्न खोज्दा अध्यक्ष केपी शर्मा ओलीले हलमा रोक लगाएका छन्। थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने र ७० वर्षे उमेर हद हटाउने प्रवाधानमा आफ्नो मत प्रस्तुत गर्न खोजेका थिए।


महाधिवेशन हलमा उपस्थित प्रतिनिधिहरूलाई थापाको प्रतिवेदन बाँडिएको भए पनि अध्यक्ष ओलीले प्रतिवेदन पेश गर्नुपर्ने विषयलाई १० समूहमा छलफल गर्न निर्देशन दिएका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, “उहाँलाई समूहमा कुरा राख्न भनिएको छ। हलमा छलफलमा रोक लगाइएको छैन।”
थापाको फरक मत विद्यादेवी भण्डारीको पक्षमा पेश हुनुपर्ने थियो, तर समूहमा छलफल गर्ने व्यवस्था मिलाइएपछि महाधिवेशनको हलमा प्रत्यक्ष मत पेश नगर्ने निर्णय भएको हो।






























