प्रिय जेनजीहरु अब आगो निभाउन लाग्नुहोस – बाबुराम भट्टराई

Image
Nisarga Hospital

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब आगो निभाउने काममा लाग्न आग्रह गरेका छन्। आन्दोलनमा ‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’सँग सतर्क नहुँदा संसद्, सिंहदरबार र अदालत जस्ता कानुन र लोकतन्त्रका महत्वपूर्ण थलोहरूमा क्षति पुगेको उल्लेख गर्दै उनले युवालाई संयमित हुन निर्देशन दिएका छन्।

CP Hospital Dhangadhi

बाबुरामले फेसबुकमा लेखेका छन्, “प्रिय Gen-Z का नवयुवा साथीहरू, शायद ‘Revolution’ अब ‘Counter-Revolution’ मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्दा भनेको थिएँ—‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’सँग सतर्क रहनुहोला। अब देशका संसद्, सिंहदरबार, अदालत, गृह मन्त्रालय र राजनीतिक दलका कार्यालयमा आगो लगाउनुहुँदैन। लोकतन्त्रका लागि लडेका शीर्ष नेताका निवासमा पनि ध्यान दिनुहोस्।”

Attariya Hospital

उनले यस सन्देशमार्फत युवाहरूलाई सुरक्षा, कानुनी मर्यादा र लोकतान्त्रिक मूल्यको संरक्षणमा जोड दिन आग्रह गरेका छन्। बाबुरामको यो अपिलले आन्दोलनरत युवाहरूलाई हिंसा र क्षतिबाट बचाउँदै शान्तिपूर्ण समाधानतर्फ उन्मुख गराउने लक्ष्य राखेको देखिन्छ।

nawajiwan

Advertize US