कैलालीका युवा अभियन्ता लोकराज पाण्डेको राष्ट्रपति तथा प्रधानसेनापतिलाई पत्र

Image
Nisarga Hospital

अत्तरियाः कैलाली अत्तरिया निवासी युवा अभियन्ता लोकराज पाण्डे (आगो) ले महामहिम राष्ट्रपति तथा प्रधानसेनापतिलाई पत्र लेख्दै तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्। उनले पत्रमा उल्लेख गरेका छन् की अहिले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौम सत्ता चुनौतीपूर्ण अवस्थामा पुगेको छ।

CP Hospital Dhangadhi

विश्व राजनीति अहिले भारत र चीनबीच व्यापारिक र क्षेत्रीय प्रभुत्वको प्रतिस्पर्धामा केन्द्रित छ भने अमेरिका पनि दुबै देशलाई सन्तुलनमा राख्ने प्रयासमा छ। यस्तो संवेदनशील परिस्थितिमा नेपालजस्तो सानो राष्ट्र सुरक्षित रहनु अत्यन्त महत्वपूर्ण छ। पाण्डेले भनेका छन् कि भारतको केही गतिविधिले नेपालको अखण्डतामा असर पार्ने सम्भावना रहेको छ, त्यसैले सरकार र सेनाले तत्काल कदम चाल्नु अति आवश्यक छ।

उनले राष्ट्रिय सुरक्षाको दृष्टिले सेनालाई आधुनिक हतियार र साधनसज्जा दिनुपर्ने जोड दिएका छन्। साथै अन्तरिम सरकार गठन गर्दा विदेशी हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन्।

nawajiwan
Attariya Hospital

पाण्डेले राष्ट्रपति र प्रधानसेनापतिलाई स्मरण गराएका छन् कि उनीहरू राजा महेन्द्र र बिपी को मार्गदर्शनअनुसार देशको गौरवमय इतिहासलाई अघि बढाएर नागरिकका विश्वास जित्न सक्नुहुन्छ। अन्त्यमा उनले सबै नेपालीका तर्फबाट देशको अखण्डता र सुरक्षाको पहरेदार बन्न उनीहरूलाई अनुरोध गरेका छन्।

लोकराज पाण्डे (आगो)

Advertize US