दसैँका लागि सुकिला नोट वितरण आजदेखि हुदै, कहाँ कहाँ बाट पाउछ नयाँ नोट ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले दसैँका लागि सुकिला नोट वितरण असोज १० गतेसम्म गर्ने व्यवस्था गरेको छ। देशभर राजनीतिक सङ्क्रमणका बाबजुद बैंक तथा राष्ट्र बैंकका कार्यालयमा पर्याप्त भौतिक अवस्था भएकाले तोकिएको समयमै नोट सटही गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए।

CP Hospital Dhangadhi

सुकिला नोट थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग र प्रदेश कार्यालयहरू—विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी—मार्फत सटही गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै, बैंक र वित्तीय संस्थाका शाखाबाट पनि नोट सटही उपलब्ध हुनेछ। नयाँ पाँच रुपैयाँ नोट पनि यसै क्रममा वितरण हुने छ।

Attariya Hospital

राष्ट्र बैंकका अनुसार सुकिला नोट वितरणले वार्षिक करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च बचत हुनेछ। यसले दसैँमा नयाँ नोट खोज्न जाने ग्राहकलाई सहजता प्रदान गर्नेछ। अघिल्लो वर्षदेखि जारी सुकिला नोट वितरण यस वर्ष पनि निरन्तरता पाएको छ, जसले बैंकिङ प्रणाली र मुद्रा व्यवस्थापनमा थप सुविधा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

nawajiwan