
नेपाली बजारमा सुन–चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेको हो। सोमबार तोलामा २ लाख १५ हजार २०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि उच्चतम बिन्दुमा पुगेको छ। सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर २ हजार ५९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।





















