यूएईले वर्किङ भिसासहित सबै भिसा रोकेको खुलासा, हजारौँ नेपाली प्रभावित

Image
Nisarga Hospital

संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसा पनि अनिश्चितकालका लागि रोक लगाएको छ। एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल वर्किङ र भिजिटर दुवै भिसा बन्द छन्। उनले यो निर्णय कहिलेसम्म रहने भन्नेबारे ठोस जानकारी नभएको बताए।

CP Hospital Dhangadhi

हालको नेपालको राजनीतिक तथा सामाजिक अवस्थालाई ध्यानमा राखेर वर्किङ भिसा बन्द गरिएको आकलन गरिएको छ। भिजिट भिसाको नाममा फ्रिलान्सरका रूपमा ठगी गर्ने बिचौलियाहरू सक्रिय रहेको र यसले समस्या थपेको बताइएको छ।

Attariya Hospital

अबुधाबीस्थित नेपाली दूतावासले भने यसबारे आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। यद्यपि दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले नयाँ आवेदन दिन नसकेको र पहिले टाइप भएका भिसासमेत रद्द हुन थालेको पुष्टि गरेका छन्।

nawajiwan

वैदेशिक रोजगारीका लागि यूएई प्रमुख गन्तव्य मानिन्छ। हाल करिब ८ लाख नेपाली त्यहाँ कार्यरत छन्, जसमा नयाँ भिसा रोकिँदा प्रत्यक्ष असर पर्ने देखिएको छ।