संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर , जानकारी लिनुहोस र वोनस प्रयोग गर्नुहोस

Image

संविधान दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले विशेष ‘संविधान दिवस अफर’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार असोज २ देखि ४ गतेसम्म लागू हुने अफरअन्तर्गत रु ४९ मा १ एमबिपिएस अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस सुविधा उपलब्ध हुनेछ।

Attariya Hospital

त्यसैगरी डाटा प्याकेजमा रु १११ मा ६ जीबी (५ दिन), रु १९९ मा १३ जीबी (७ दिन), रु २९९ मा २० जीबी (१२ दिन) र रु ३९९ मा ३० जीबी (१५ दिन) प्याकेज उपलब्ध हुनेछन्।

nawajiwan

यस्तै, रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ ल्याइएको छ, जसअन्तर्गत प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म ३० जीबी डाटा, ६०० मिनेट भ्वाइस र २०० एसएमएस सुविधा पाइनेछ। पोस्टपेड प्रयोगकर्ताले मासिक रेन्टल चार्जमै यो सुविधा भुक्तानी गर्न सक्ने सुविधा पनि दिइएको छ।