कांग्रेस र एमालेमा नेतृत्व परिवर्तनको चर्को माग

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै गएको छ। कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान थाल्ने तयारी भइरहेको छ।

CP Hospital Dhangadhi

काठमाडौंमा भएका विभिन्न बैठकमा नेता–कार्यकर्ताले विशेष महाधिवेशनमार्फत नेतृत्व रूपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेका छन्। गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व सुधारमा अग्रसर छन् भने थापाले आवश्यकता परे पद त्याग्न तयार रहेको बताएका छन्।

Attariya Hospital

त्यस्तै एमालेमा पनि ओलीलाई अध्यक्ष पद छाड्न लिखित प्रस्ताव गर्ने तयारी भएको छ। पार्टीभित्रका उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत नेताले ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेका छन्।

nawajiwan

नेताहरूले ओलीलाई अभिभावकको भूमिकामा बस्न आग्रह गर्दै नयाँ नेतृत्व विकास गर्नुपर्ने बताएका छन्। जेनजी आन्दोलनपछि प्रमुख दलभित्र नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ।