दशैंको मुखैमा प्याजको मूल्य घट्यो, उपभोक्ताहरुलाई राहत

Image
Nisarga Hospital

स्थानीय बजारमा दशैंको तयारीसँगै सुकेको प्याजको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भइरहेको छ। औसत मूल्य ३४ रुपैयाँ कायम छ।

CP Hospital Dhangadhi

हिजो शनिबार प्याज प्रतिकिलो न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा कारोबार भएको थियो। करिब दुई महिनाअघि प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा प्याज किनबेच हुन्थ्यो।

Attariya Hospital

व्यवसायीहरूले बताए अनुसार आपूर्तिको आधारमा मूल्य घटबढ हुने गर्छ। अहिले मूल्यमा क्रमिक गिरावट आएको छ। दशैं नजिकिँदै गर्दा उपभोक्ताहरूका लागि बजारमा सस्तो प्याज उपलब्ध हुनुले तयारीमा सहजता मिलाएको छ। बजारमा पर्याप्त आपूर्ति हुँदा मूल्यमा क्रमिक गिरावट देखिनु सामान्य प्रक्रिया हो।

nawajiwan
Advertize US