एमाले सचिवालय बैठक आज बस्दै, जेनजी आन्दोलनका विषयमा छलफल हुने

Image
Nisarga Hospital

नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो एक बजे अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा बस्दैछ। जेनजी युवा आन्दोलनपछि यो बैठक पहिलोपटक आयोजना हुन लागेको हो। युवा आन्दोलनका घटनापछि पार्टी नेतृत्वमाथि उठेका सवालका बीच बैठकलाई राजनीतिक दृष्टिले महत्वपूर्ण ठानिएको छ।

CP Hospital Dhangadhi

सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, तत्कालीन सरकारले खेलेको भूमिका र पार्टीले अब अवलम्बन गर्ने रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक घटनाको समीक्षा गरी आवश्यक निर्णयहरू लिइने जानकारी दिए।

Attariya Hospital

२३–२४ भदौमा भएको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्तिमा खर्बौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। तत्कालीन प्रधानमन्त्री ओलीले संविधान दिवसको दिन जारी विज्ञप्तिमा आन्दोलनमा गोली हान्ने आदेश नदिएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट मात्र गोली चलेको दाबी गरेका थिए।

nawajiwan