ओलीसहित ५ जनाको पासपोर्ट रोक्का

Image
Nisarga Hospital

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ। जेन–जी आन्दोलन दमनसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको सिफारिसअनुसार उनीहरूलाई विदेश जान रोक लगाइएको हो। गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ।

CP Hospital Dhangadhi

पासपोर्ट रोक्का सूचीमा परेका व्यक्ति:

Attariya Hospital
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
  • पूर्वगृहमन्त्री रमेश लेखक
  • पूर्वगृहसचिव गोकर्णमणि दुवाडी
  • राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा
  • काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल
nawajiwan

गत भदौ २३ को जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन निर्देशन नदिएको दाबी गरेका थिए। तर गृह मन्त्रालयले भीडलाई संघीय संसद भवनतिर जान रोक्न निर्देशन दिएको र त्यसपछि प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउने आदेश दिएको जानकारी प्राप्त भएको छ।

Advertize US