यसपालीको दशैंमा भेडाच्याङग्रा सस्तो, उपभोक्तालाई राहत

Image
Nisarga Hospital

दसैं लागे सँगै मुस्ताङबाट बजारमा ल्याइने भेडाच्याङग्राको मूल्य यस वर्ष घटेको छ। व्यापारीका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रामा करिब रु. ५ हजार र प्रतिकिलो जिउँदो भेडामा रु. ५० देखि १०० सम्म सस्तो भएको हो। बेनीका उपभोक्ता भरत रकालका अनुसार गत वर्ष ४० हजार पर्ने च्याङग्रा यस वर्ष ३५ हजारमै उपलब्ध छ।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बती भेगबाट च्याङग्रा आयात बढ्नु, मुस्ताङमा च्याङग्रापालन वृद्धिसँगै माग घट्नु र ‘जेनजी आन्दोलन’पछिको राजनीतिक अस्थिरताका कारण उपभोग घट्ने सम्भावनाले मूल्य सस्तो भएको बताए। यसले मध्यम वर्गका उपभोक्तालाई दशैंमा परिकार सजिलै खाने अवसर दिएको छ।

nawajiwan