सिंहदरबारमा आगो नियन्त्रणका लागि: मेयर बालेन शाहले खटिएको दमकल र उद्धार कार्यको विवरण सार्वजनिक

Image
Nisarga Hospital

काठमाण्डौंका मेयर बालेन शाहले भदौ २४ गते सिंहदरबार लगायत देशभर फैलिएको आगो निभाउने क्रममा महानगरका टिमले खटिएको कार्य र उद्धार प्रयासको विस्तृत विवरण सार्वजनिक गरेका छन्। मेयर शाहले लामो स्टाटसमा गलत आरोप र अफवाहको जवाफ दिँदै स्पष्ट पार्नुभएको छ कि, सिंहदरबार जल्दा पनि काठमाडौँ महानगरको दमकल तत्काल घटनास्थलमा पुग्न सकेको थियो।

CP Hospital Dhangadhi

शाहका अनुसार, आन्दोलनकारीले दमकलको काममा अवरोध पुर्‍याउँदा नेपाली सेनाको दमकलले पनि आगो निभाउन सकिएको थिएन। तर, भिड शान्त भएपछि राति ८:१५ बजेदेखि काठमाडौँका न्युरोड, बालाजु र रामहिटीमा रहेको पाँच दमकलले लगातार आगो निभाएको थियो। २३–२८ भदौसम्म सिंहदरबार, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्बोच्च अदालत र अन्य महत्वपूर्ण संरचनामा दमकल खटाइएको थियो।

महानगरको टिमले घाइतेको उपचार, अस्पतालमा निशुल्क सेवा, औषधि र रक्त व्यवस्थापन, लास व्यवस्थापन तथा उद्धार कार्यमा दिन–रात खटिएको शाहले उल्लेख गर्नुभयो। उहाँले अफवाह फैलाउने तथा तथ्यबिना निष्कर्ष निकाल्ने व्यक्तिहरूलाई सचेत रहन आग्रह गर्दै, जनतासँगको भरोसा र आपत्कालीन व्यवस्थापनमा महानगरको प्रतिबद्धता कायम रहेको बताए।

nawajiwan
Attariya Hospital

मेयर शाहले आगो निभाउने, उद्धार गर्ने र मानवतामूलक काममा खटिएका सबैको सम्मान गर्न समेत अनुरोध गर्नुभयो र देशलाई एकता र सत्यको आवश्यकता रहेको जोड दिनुभयो।