‘मैले किन छाड्ने ?’- गोकर्ण र योगेशको राजीनामा मागपछि ओलीको कठोर जवाफ 🔥

Image
Nisarga Hospital

नेकपा एमालेका सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामाको आग्रह गरेपछि सचिवालय बैठकमा तातो बहस भएको छ। भक्तपुरको गुन्डुमा बसेको बैठकमा उनीहरूले जेनजी पुस्ताको आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा ओलीले ‘सम्मानजनक निकास’ दिनुपर्ने तर्क गरे।

CP Hospital Dhangadhi

विष्टले बाहिरी शक्तिहरूले अस्थिरता सिर्जना गर्न खोजिरहेका बेला सरकार र पार्टीले समयमै कदम चाल्न नसकेको भन्दै नेतृत्व परिवर्तनको सुझाव दिए। भट्टराईले पनि ओलीलाई ‘लिडर अफ रिकन्सिलेसन’ बन्न आग्रह गर्दै भने, “अब तपाईंको भूमिकामा टर्निङ प्वाइन्ट आएको छ, नेतृत्व नयाँ पुस्तालाई दिनुस्।”

Attariya Hospital

तर ओलीले भने दृढ स्वरमा जवाफ दिए, “मैले के बिगारेको छु र? मैले किन राजीनामा दिनु?” उनले पार्टी पुनर्गठन महाधिवेशनमार्फत हुने स्पष्ट पार्दै राजीनामा नदिने अडान दोहोर्याए।

nawajiwan