एक महिनापछि देउवा सार्वजनिक हुँदै, भोलिदेखि कांग्रेस केन्द्रीय बैठकमा सहभागी हुने

Image

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब एक महिनापछि भोलि (मंगलबार) सार्वजनिक हुने भएका छन्। जेन–जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, भएको सांघातिक हमलापछि उनी उपचाररत थिए। स्वास्थ्य सुधार भएपछि घर फर्किए पनि देउवा अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

Attariya Hospital

अब भने उनले कांग्रेसको भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने तयारी गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान तीव्र भइरहेकै बेला देउवाको उपस्थितिलाई कांग्रेसको भविष्य दिशानिर्देशनका रूपमा हेरिएको छ।

nawajiwan

महासचिव गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूहले ५५ प्रतिशतभन्दा बढी सदस्यको समर्थन जुटाएको दाबी गरेको छ। संस्थापन पक्षले भने यस्तो कदमले पार्टी एकता र स्थायित्वमा असर पार्ने चेतावनी दिएको छ। स्रोतका अनुसार देउवाले भोलिको बैठकमा पार्टी नेतृत्वबारे महत्वपूर्ण सन्देश दिने सम्भावना छ।