३४ दिनपछि सार्वजनिक हुँदै देउवा, केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा

Image
Nisarga Hospital

जेनजी युवा आन्दोलनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलोपटक सार्वजनिक हुन लागेका छन्। उनी दिउँसो केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने तयारीमा छन्।

CP Hospital Dhangadhi

बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपा मा दिउँसो एक बजे बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि बोलाइएको छ।

Attariya Hospital

जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण र आगजनी भएपछि उनी लामो समय अस्पताल र आफन्तको निवासमा बस्दै आएका थिए। आजको बैठक पहिलो सार्वजनिक उपस्थिती हुने भएको छ।

nawajiwan

केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ, जसमा साझा एजेण्डा तय गरिने छ। मंसिरभित्र १५औं महाधिवेशन गर्ने कार्यतालिका तय गर्न संस्थापन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सहमति नभएको कारण साझा एजेण्डा अझै तय हुन सकेको छैन।

Advertize US