कैलालीको गोदावरीमा गौरव ऐरमाथि चक्कु प्र’हार घ’टनाका १० आरोपित प’क्राउ

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार भएको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। घटना आइतवार राति भएको थियो, जब ऐर खाना खाइरहेका थिए।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भाग्दै गरेका धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपालीसहित १० जनालाई गएराति पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ।

पक्राउ परेका व्यक्तिहरू सीमा नाका नजिकै फेला परेका थिए र सबै भारततर्फ भाग्ने क्रममा थिए। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि भएको चक्कु प्रहारपछि उनलाई उपचारका लागि भारत लगिएको छ। प्रहरीले घटनाका कारण र अन्य संलग्नको पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।