शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न, उपकुलपति–रजिस्ट्रार सिफारिस समिति गठन

Image

अत्तरियाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याल ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम विश्वविद्यालय सहकुलपति एंव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माहाविर पुनको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा केशरमहल, काठडमाण्डौमा पहिलो बैठक बसेको थियो ।

nawajiwan

 बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (ग) मा अनुसार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सभा सदस्य रहने व्यवस्था छ, तेसै गरी नगरपालिकाको सोही ऐनको दफा ७ उपदफा २ बमोजिम गोदावरी नगरपालिकाको नगर प्रमुख बिरेन्द्र भट्टलाई सभा सदस्या रहने ब्यावस्था रहेको छ ।

Attariya Hospital

साथै बैठकले ऐनको परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (छ) बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट मनोनित एक जना सदस्यमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तलाई मनोनीत गर्ने निर्णय गरेको छ।

बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (ठ) बमोजिम विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्येबाट तपसिलका महानुभावहरूलाई सभाको सदस्यमा मनोनयन गर्ने।

१. प्रा डा जयराज अवस्थी, दार्चुला
२. प्रा डा अम्मराज जोशी, बझाङ
३. डा लवदेव अवस्थी, वैतडी
४. प्रा डा संगीता राजभण्डारी, काठमाडौं
५. डा डम्बरबहादुर पाल, दार्चुला
६. सह प्रा अनुराधा रोकाय, कञ्चनपुर

 शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा २५ को उपदफा (१) बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि देहाय बमोजिमको सिफारिस समिति गठन गर्ने।
(क) प्रा डा जयराज अवस्थी संयोजक
(ख) प्रा डा दिपक महरा सदस्य
(ग) प्रा डा भारती जोशी सदस्य