जेवाईसी कप लोटस आई प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरिया क्रिकेट एकेडेमीलाई

Image
Nisarga Hospital

अत्तरिया : असोज २५ गते देखि सुरु भएको जेवाईसी कपू लोटस आई प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरिया क्रिकेट एकेडेमीले हात पारेको छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका वडा नं ४ बास्कोटा स्थित ज्वाला देवी युवा क्लबद्वारा आयोजीत जेवाईसी कप लोटस आई प्रिमियर लिगको विजेता सिवाईसी अत्तरिया क्रिकेट एकेडेमी टीम बन्न सफल भएको हो ।

nawajiwan

May be an image of one or more people

मंगलबार फाइनल खेल विजेता सि वाई सी अत्तरिया क्रिकेट एकेडेमी र के वाईसी युवा क्लब बिच भएको थियो । अन्तिम खेल टस जितेर सि वाई सी अत्तरियाले फिल्डिङ रोजेको थियो । भने २० ओभरको खेलाईएको खेलमा ब्याटिङ टीम ९ केवाईसी खानेपानी युवा क्लब टिमले १८.१ ओभर खेलेर ६३ रन जोडेर अल आउट भएको थियो । यस्तै सिवाईसी अत्तरिया क्रिकेट एकेडेमीले ५.२ ओभरमै १ विकेटको क्षतिमा लक्ष प्राप्ति गरी जीत हासिल गरेको थियो ।

Attariya Hospital

साथै विजेता टिम सि वाई सी अत्तरियालाई ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाण पत्र वितरण गरेको हो । यस्तै उप विजेता के वाई सी क्लबलाई २० हजार नगद सहित ट्रफी, मेडल प्रमाण पत्, वितरण गरिएको थियो । यस्तै प्रतियोगिताको खेल अवधिभरि उत्कृष्ट खेल प्रदर्शन गर्दै सि वाई सी अत्तरिया क्रिकेट एकेडेमी का खेलाडी निरज भट्ट उत्कृष्ट खेलाडी बनेका हुन् । साथै खेल अवधिभरि सर्वाधिक विकेट लिन सफल जे वाई सी टीमका खेलाडी टेक राज भट्टले १३विकेट लिएर वेस्ट बलर बनेका हुन् ।
यस्तै प्रतियोगिता भरी सर्वाधिक रन बनाउन साथै उत्कृष्ट ब्याट्सम्यानमा १ सय २३ हानेर के वाई सी क्लबका खेलाडी विवेक खड्का भएका थिए ।

May be an image of one or more people and people smiling

खेलमा लगातार तीन छक्का प्रहार गर्ने सि वाई सी अत्तरिया टीमका नीरज भट्टलाई अत्तरियाको आईटी मोबाइल ग्यालरी तर्फबाट विशेष पुरस्कार एयरबड प्रदान गरिएको थियो । यस्तै समारोहमा वडाध्यक्ष हेम प्रकाश मल्लले खेल अनुशासित भएर खेल्न आग्रह गर्दै खेल माध्यम बाट युवाहरुलाई सकारात्मक क्रियाकलापमा जोड दिने विश्वास व्यक्त गरे । समाजमा धेरै व्यक्तिहरू लागू औषध जस्ता कुलतमा फस्दै गइरहेको अवस्थामा यस्ता खेलहरु मार्फत न्यूनीकरका गर्न सहयोग गर्ने भन्ने विश्वास व्यक्त गरे ।

May be an image of smiling

साथै क्रिकेट प्रतियोगिताको समापन समारोहमा सभाध्यक्ष तथा क्लबका सचिव खेम राज जोशीले खेललाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।खेलकुदले युवामा अनुशासन, एकता र सहयोग भावना विकास गराउने भएकाले क्लबले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू थप निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितामा ८ वटा टिमहरूको सहभागिता रहेको र खेलहरु लिग चरणमा खेलाईएको थियो । यस्तै प्रतियोगिताको शिर्षक प्रायोजक लोटस आई अंग्रेजी माध्यमिक विद्यालय रहेको थियो ।