महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सुरु, बिरामीको पहुँच सहज

Image
Nisarga Hospital

कञ्चनपुरः महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले मंगलबार औपचारिक रूपमा सिटिस्क्यान सेवा सुरु गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन कुमार भट्टका अनुसार आजैदेखि बिरामीहरूलाई एक्स-रेबाट चेकजाँच सुरु गरिएको छ।

CP Hospital Dhangadhi

हाल जनशक्ति अभावका कारण दीपावलीसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा उपलब्ध हुनेछ। तिहार पछि जनशक्ति थपिएसँगै २४ सै घण्टा सेवा सञ्चालन गर्ने तयारी छ।

उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले अस्पतालबाट प्रदान हुने सेवा स्तरमा वृद्धि भएको उल्लेख गर्दै नियमित प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति र स्रोतसाधन मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

nawajiwan
Attariya Hospital

महाकाली अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले पनि नियमित र प्रभावकारी सेवा सुनिश्चित गर्न प्रदेश सरकारबाट सहयोग आवश्यक रहेको बताए।

वि.स. २०२० सालमा स्थापना भएको महाकाली अस्पताल प्रारम्भमा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन भएको थियो। क्रमिक रूपमा स्तरवृद्धि हुँदै २०३३ सालमा जिल्ला अस्पताल, २०४३ सालमा अञ्चल अस्पताल, २०६१ मा १०० बेड क्षमतासहित सेवा, र २०७५ सालदेखि प्रादेशिक अस्पतालको रूपमा सेवा दिँदै आएको डा. भट्टले जानकारी दिए। यस सेवाले क्षेत्रीय बिरामीहरूको स्वास्थ्य सुविधा पहुँचमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ।