कैलालीको अत्तरियाका डीएसपी चन्दसहित ८ जना प्रहरी उत्कृष्ट कार्यमा पुरस्कृत

Image
Nisarga Hospital

अत्तरियाः जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्द सहित ८ जना प्रहरीलाई पुरस्कृत गरेको छ।

CP Hospital Dhangadhi

अत्तरियामा डडेल्धुराका ‘गौरव ऐरमाथि हतियार प्रहार गर्ने घटनामा सक्रियता देखाउँदै, आराेपीतहरू भारततर्फ भागिसकेका अवस्थामा पक्राउ गरी ल्याएकोमा प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक ‘नरेन्द्र चन्द’ले नगदसहित पुरस्कृत गरिएको जानकारी दिँदै, प्रहरीहरूको अहोरात्र खटिएर उत्कृष्ट काम गरेकोमा प्रशंसा गरे।

nawajiwan
Attariya Hospital

इप्रका मालाखेती र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धारिलो हतियार प्रयोग गरी धनगढीमा गोब्रा सरकारको नाममा गुण्डागर्दी गर्ने भनिएका ‘भीम नेपाली (सन्नी)’ सहित १२ जनालाई भारतीय सीमावर्ती बजारबाटै पक्राउ गरेको थियो।

भारतीय सीमा नजिक पक्राउ परेका उनीहरूविरुद्ध ‘ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता’ गरिएको छ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।