
अत्तरियाः नेपाली कांग्रेस गोदावरीका युवा नेता लोकराज पाण्डे “आगो”ले फेसबुकमा पोस्ट गर्दै सुदूरपश्चिमतर्फबाट विपिन जोशीको निधनप्रति शोक व्यक्त गरेका छन्। उनले उल्लेख गरेका छन् कि ईजरायल सरकारले विपिन जोशीको निधनमा एक दिन शोक बिदा घोषणा गरेको निर्णय सराहनीय छ। पाण्डेले नेपाल सरकारलाई पनि सुपका युवाको तर्फबाट हार्दिक अनुरोध गर्दै एक दिन राष्ट्रिय शोक बिदा घोषित गर्न सुझाव दिएका छन्।
साथै, पाण्डेले विपिन जोशीको योगदान र सम्झनालाई सम्मान स्वरूप कुनै ठूलो मार्ग, कलेज वा सार्वजनिक स्थलमा उनको नामाकरण गर्नुपर्ने सुझाव दिएका छन्। विपिन जोशी “Learn & Earn” परियोजनाका माध्यमबाट अध्ययनसंगै काम गर्ने योजनामा सक्रिय थिए र उनको जीवनले युवाहरूलाई प्रेरणा दिएको पाण्डेले बताए।
युवा नेता आगोको दृष्टिमा, विपिनको नामबाट कुनै सार्वजनिक पार्क वा अन्य सम्पत्तिमा उनको झल्को दिने नामाकरण गर्दा आगामी पुस्तालाई उनको योगदान सम्झन र प्रेरणा लिन सहयोग गर्नेछ । प्यालेस्टिनी लडाकु समूह हमासको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका विपिन जोशीको मृत्यु भएको हो । हमास समूहबाट बन्धक रहेका बेला विपिन जोशीको मृत्यु भएको सोमबार पुष्टि भएको थियो ।
दुई वर्षअघि अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थी विपिन इजरायल पुगेका थिए । विद्यार्थीहरु इजरायल पुगेको एक महिना नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिन अपहरणमा परेका थिए । हमासको अपहरणमा परेको दुई वर्षपछि विपिनको मृत्यु भएको खबर आएको हो । हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेर डीएनए परीक्षणबाट पनि पुष्टि भइसकेको छ ।
