भारतको अयोध्या जाने कलाकार टोलीलाई डोटेली कान्छाले गरे बिदाई

Image
Nisarga Hospital

अत्तरियाः भगवान श्री रामको जन्मस्थल अयोध्यामा आयोजना हुने अन्तर्राष्ट्रिय धार्मिक एवं सांस्कृतिक कार्यक्रमका लागि ३२ जना नेपाली कलाकारको टोलीलाई डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष एवं हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष सुरत रावत डोटेलीले बिदाई गर्नु भएको छ ।

CP Hospital Dhangadhi

अयोध्या रामलिला मुल आयोजक समितिको निमन्त्रणामा हाम्रो संस्कृति हाम्रो पहिचानको सहकार्यमा बेलौरी साँस्कृतिक एवं रामलिला समितिका कलाकारको टोली अयोध्या प्रस्तान गरेको हो । शुक्रबार धनगढीको त्रीनगर नाकामा कलाकार टोली प्रमुख एवं संयोजक दिनेश कुवँरलाई नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष एवं हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष सुरत रावत डोटेली कान्छाले बिदाइ गर्नु भएको हो ।

nawajiwan
Attariya Hospital

कलाकार टोलीलाई शुभकामना सहित बिदाई गर्दै डोटेली कान्छाले जसरी भारतमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा नेपालको सुदूरपश्चिमको कलाकारलाई औपचारिक रुपले निमन्त्रणा गर्नु भएको छ त्यसरी आफ्नो प्रस्तुति देखाई अन्य देश भन्दा नेपाल उत्कृष्ट प्रस्तुति हुने देश भन्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्तिक १ र २ गते भारतको अयोध्यामा २ दिन सम्म सञ्चालन हुने सो कार्यक्रममा विशेष गरि रामलिला प्रस्तुति हुने भएको छ । थाइल्यान्ड ,श्रीलंका , रुस ,इन्डोनेशिया ,भारत लगायत झण्डै एक दर्जन देशको सहभागीता हुने सो कार्यक्रममा नेपालबाट सहभागी हुने पहिलो टोली रहेको टोली संयोजक दिनेश कुवँरले बताउनु भयो । हामीले बिगतमा प्रस्तुत गरेको रामलिलाको भित्रको लक्ष्मण शक्तिको भाग प्रदर्सन गर्ने भएका छौं । अन्तर्राष्ट्रियस्तरमा हुने यो कार्यक्रममा सहभागी हुन पाउनु हामी नेपाली कलाकारका लागि गौरबको कुरा रहेको कुँवरले बताउनु भयो।