मुख्यमन्त्री शाहद्वारा धानको न्यूनतम समर्थन मूल्यको अनुगमन निर्देशन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानहरूले धानको न्यूनतम समर्थन मूल्य नपाएको विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीलाई अनुगमन गर्न निर्देशन दिएका छन्। किसानबाट सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले मंगलबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोनमार्फत सम्पर्क गरी आवश्यक कारबाहीका लागि अनुगमन गर्न आदेश दिएका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

मुख्यमन्त्रीले व्यापारीहरूले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य कार्यान्वयन नगरेको पाइए कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन्। २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचना मार्फत मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३,४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३,६२८.३३ रुपैयाँ निर्धारण गरिएको जानकारी गराएका थिए।

साथै, प्रमुख जिल्ला अधिकारी लम्सालले सबै स्थानीय तहलाई समर्थन मूल्य अनुसार धान खरिद–बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए। मुख्यमन्त्री कार्यालयका अनुसार लम्साल छठ पर्व पछि कैलालीका सबै स्थानीय तहमा पुगेर अनुगमन गर्ने तयारीमा छन्। यस कदमले किसानको अधिकार सुनिश्चित गर्दै न्यूनतम समर्थन मूल्य प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।