दार्चुलाको मार्मामा जिप दु!र्घट’ना, चालकको ज्या’न गयो !

Image
Nisarga Hospital

दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेत भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

CP Hospital Dhangadhi

शुक्रबार (आज) विहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा बेहोस अवस्थामा फेला परेको र उद्दार गरी स्वास्थ चौकी पठाइएको वडाअध्यक्ष धिरेन्द्र धामीले बताउनुभयो।

Attariya Hospital

प्रहरीका अनुसार गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। स्थानीयहरूले बेहोस अवस्थामा भेटिएका ठगुन्नाको मृत्यु भइसकेको बताएका छन् । जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ।

nawajiwan

चालकको खोजि भइरहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथका प्रनानी जंगबहादुर चन्दले बताउनुभयो।