तिहारसँगै दार्चुलामा जात्राको रौनक, लटिनाथ मन्दिरमा आजदेखि सुरु

Image
Nisarga Hospital

तिहार सकिएसँगै दार्चुलाका विभिन्न क्षेत्रमा जात्राको रौनक सुरु भएको छ। भाइटिकादेखि सुरु हुने यो जात्रा पूर्णिमासम्म चल्ने परम्परा रहेको छ। शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्छ।

CP Hospital Dhangadhi

शैल्यशिखर नगरपालिकास्थित लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा आजदेखि जात्रा सुरु भएको हो। शैल्यशिखरको जात्रा त्रयोदशीका दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सम्पन्न हुनेछ। लेकाली क्षेत्रका स्थानीयका लागि दशैँ–तिहारभन्दा जात्राको सांस्कृतिक महत्त्व अझ गहिरो मानिन्छ।

Attariya Hospital

भाइटिका लगाइसकेपछि शैल्यशिखर–७ लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन–३ लटिनाथ मन्दिर चौडमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सुरु हुने गर्दछ। स्थानीयले जात्राको तयारी एक महिना अघिदेखि नै गर्ने गरेको बताइन्छ। लेकम–५ मैखोली खर्क र मालिकार्जुन–३ चौडमा सरसफाइ पूरा गरिएको स्थानीय राधावल्लभ जोशीले जानकारी दिए।

nawajiwan

जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि निषेध गरिएको संयोजक मनिराज जोशीले बताए। जात्रामा भक्तजनले पूजाआजा, दमाहा बाजा, र डेउडा खेलका माध्यमबाट सांस्कृतिक उत्सव मनाउने गर्छन्। जिल्ला प्रशासन कार्यालयले जात्रा शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जनाएका छन्।