शुक्लाफाँटाका किसानलाई ५०% अनुदानमा उन्नत जातको आलुको बीउ वितरण

Image
Nisarga Hospital

शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ। कृषि ज्ञान केन्द्रको विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत ध्रुवतारा सामुदायिक कृषि सहकारी संस्थाको सहकार्यमा कार्डिनल जातको बीउ वितरण गरिने छ।

CP Hospital Dhangadhi

सहकारी अध्यक्ष लालबहादुर ऐरका अनुसार, बर्दियाबाट खरिद गरिएको आलुको बीउ किसानलाई रु ४० प्रति किलो दरले उपलब्ध गराइनेछ। “एक–दुई दिनभित्रै सहकारीमा आबद्ध किसानलाई वितरण गर्ने तयारी छ,” उनले बताए। किसानहरूले कम्तीमा पाँचदेखि दस कट्ठासम्म जमिनमा आलु खेती गर्नेछन्। करिब १२० जना किसान यसबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

Attariya Hospital

आलु खेतीसँगै सहकारीले साना सिँचाइ, उद्यमशीलता, साना उद्योग र कृषि पूर्वाधार विकासमा अनुदान रकम उपलब्ध गराउनेछ। यस वर्षको योजना अनुसार, आलु उत्पादनबाट बीउ तयार पारेर आगामी वर्ष खेती विस्तार गर्ने लक्ष्य राखिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुले कार्यक्रमले किसानलाई आधुनिक प्रविधि र व्यावसायिक खेतीतर्फ उन्मुख गराउने, आत्मनिर्भरता बढाउने र प्रदेश स्तरमा कृषिजन्य उत्पादन वृद्धि गर्ने बताए।

nawajiwan