युवा नेता लोक राज पाण्डे ‘आगो’को प्रश्न- “सुदूरका अधिकारीसँगै विभेद किन?”

Image
Nisarga Hospital

अत्तरियाः अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’ले प्रहरी बढुवामा सुदूरपश्चिमका अधिकारीमाथि भएको विभेदको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले योग्य र काबिल प्रहरी अधिकारी विश्व अधिकारीलाई DIGP बढुवामा नपारिएकोमा कडा आपत्ति जनाउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेका छन्।

CP Hospital Dhangadhi

पाण्डेले लेखेका छन्, “सुदूरपश्चिमबाट मन्त्रिपरिषद् नभएको कारण यस्तो अन्याय गरिएको हो भने खबरदार, खबरदार! सुप जागेपछि महँगो सावित होला।” उनले आन्दोलनमा अग्रपंक्तिमा रहेका सुदूरका युवालाई पनि बोल्न आग्रह गर्दै प्रश्न गरेका छन्, “किन तै चुपमै चुप हो? के सुपको सहादत टुलुटुलु हेर्नका लागि हो?” पाण्डेले यो निर्णय सच्याउन सरकारसँग तत्काल माग गर्दै सुदूरका अधिकार र मर्यादामा चोट पुर्‍याउने कदमको कडा विरोध गरेका छन्।

Dhnagadhi & Krishanapur