कैलालीमा नयाँ सादा पोसाक घुमुवा टोली गठन, वरिष्ठ सई लोकेन्द्र चन्द इन्चार्ज

Image
Nisarga Hospital

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली गठन गरेको छ। यसअघि रहेको पुरानो टोली विघटन गरी सादा पोसाकमा खटिने चार सदस्यीय टोली तयार गरिएको हो। वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई टोलीको इन्चार्ज बनाइएको छ।

CP Hospital Dhangadhi

चन्दको नेतृत्वमा नयाँ टोलीले अपराध अनुसन्धान, सूचना संकलन र सुरक्षा व्यवस्थापनका लागि काम थालिसकेको छ। प्रहरी प्रधान कार्यालयले बेलाबखत घुमुवा टोली राख्न नहुने निर्देशन दिएको भए पनि कैलाली प्रहरीले स्थानीय आवश्यकता अनुसार घुमुवा टोली सञ्चालन गर्दै आएको स्रोतले जनाएको छ।

Attariya Hospital

सादा पोसाकमा खटिने नयाँ टोलीले जिल्ला भित्र सञ्‍चालित अपराध नियन्त्रण, सुरक्षासम्बन्धी निगरानी र आपत्कालीन घटनामा छिटो प्रतिक्रिया दिने उद्देश्य राखेको छ। स्थानीय प्रहरी स्रोतका अनुसार यसरी टोली सञ्चालन गर्दा प्रहरीको पहुँच र सुरक्षा प्रभावकारिता बढ्ने विश्वास गरिएको छ।

nawajiwan