सुदूरपश्चिममा युरिया मलको चरम अभाव, किसान चिन्तित

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिमका किसान अहिले युरिया मल नपाएर तनावमा परेका छन्। धान बाली भित्र्याएर गहुँ, तोरी, मसुरो तथा आलुजस्ता बाली रोप्ने तयारी भइरहे पनि मल अभावले खेती प्रभावित भएको छ। धनगढी–३ का किसान मधु चौधरीले बाली रोप्ने समय सुरु भए पनि मल नपाउँदा खेत खाली बस्नुपरेको बताए। कैलालीका किसान डबलबहादुर बोगटीले हरेक वर्ष मलकै समस्या दोहोरिने गुनासो गरे।

CP Hospital Dhangadhi

प्रदेशमा मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन दुबै संस्थामा अहिले युरिया छैन। साल्ट ट्रेडिङका सहायक रामचन्द्र जोशीका अनुसार केन्द्रबाट आपूर्ति ढिलो हुँदा वितरण रोकिएको हो। सुदूरपश्चिममा ७० प्रतिशत मल कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङले वितरण गर्छ।

Attariya Hospital

कृषि सामग्री कम्पनीका प्रमुख नवसिंह बोगटीले मंगलबारदेखि मल वितरण सुरु गर्ने तयारी भइरहेको बताए। उनका अनुसार हाल डेढ सय मेट्रिक टन मात्र मल मौज्दात छ, जबकि दैनिक १ सय २५ मेट्रिक टन आवश्यक पर्छ। गत वर्ष धनगढी कार्यालयले १२ हजार ८४३ मेट्रिक टन युरिया बिक्री गरेको थियो। मलको मूल्य युरिया प्रतिक्विन्टल १ हजार ८७३ र डिएपी ४ हजार ७७३ तोकिएको छ।

nawajiwan