
विद्यार्थी जीवन भविष्यको आधार हो, जसले अनुशासन, लगनशीलता र सही मार्गदर्शनमार्फत व्यक्ति र राष्ट्रको भविष्य निर्माण गर्छ। यस जीवनमा अध्ययन, खेलकुद र सामाजिक गतिविधिहरू समावेश हुन्छन्। अनुशासित विद्यार्थीले समयको सही सदुपयोग गर्न, लक्ष्य निर्धारण गर्न र निरन्तर मेहनत गर्न सिक्छ। यसबाट विद्यार्थीको व्यक्तित्व विकास भई उनीहरू भोलिका असल नागरिक र राष्ट्रका गहना बन्छन्।
विद्यार्थी जीवन र अनुशासन
विद्यार्थी जीवनलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण चरण मानिन्छ, किनकि यो भविष्यको जग हो। यो समयमा विद्यार्थीहरूले ज्ञान आर्जन गर्ने, शारीरिक र मानसिक विकास गर्ने, र असल नागरिक बन्ने सीप सिक्छन्। अनुशासन विद्यार्थी जीवनको एक महत्त्वपूर्ण पक्ष हो। यसले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन मद्दत गर्छ।


अनुशासनको महत्त्व
अनुशासनले विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न, समय व्यवस्थापन गर्न र लगनशीलताका साथ काम गर्न सिकाउँछ। यसले विद्यार्थीलाई समयमा विद्यालय जाने, नियमित अध्ययन गर्ने र आफ्नो कर्तव्यप्रति इमानदार रहन प्रेरित गर्छ। अनुशासनविना विद्यार्थीहरू भटमाग्न सक्छन् र उनीहरूको भविष्य अनिश्चित बन्न सक्छ। अनुशासित विद्यार्थीले विद्यालयका नियमहरूको पालना गर्छन्, शिक्षकको सम्मान गर्छन् र पढेको कुरा ध्यान दिएर सुन्छन्।
भविष्यको निर्माण
विद्यार्थी जीवनले भविष्यको संकेत गर्छ। जो विद्यार्थी आज अनुशासित र लगनशील हुन्छ, उसको भविष्य पनि उज्वल हुन्छ। यसका लागि विद्यार्थीले समयको सही सदुपयोग गर्नुपर्छ, दैनिक तालिका बनाउनुपर्छ र पढाइका साथै खेलकुद र मनोरञ्जनका लागि पनि समय छुट्याउनुपर्छ। यसरी, विद्यार्थी जीवनमा अनुशासन र सही मार्गदर्शनले भविष्यलाई उज्यालो बनाउँछ।
✍️ योगेन्द्र सिंह धामी
श्री महेन्द्र माध्यमिक बिध्यालय माहाकाली -4 खलङ्गा दार्चुला
सिभिल इ्जिनियरिङ
















