धनगढीमा ‘राजगद्दी एक्सप्रेस’ सुरु – सुदूरपश्चिमको गौरव यात्राको नयाँ अध्याय 🚍✨

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम यातायात प्रा.लिले शुक्रबारदेखि ‘राजगद्दी एक्सप्रेस’ नामक भव्य र सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याएको छ। धनगढीदेखि काठमाडौँसम्म चल्ने यो सेवाले सुदूरपश्चिमको यातायात क्षेत्रमा नयाँ पहिचान सिर्जना गर्ने विश्वास गरिएको छ।

CP Hospital Dhangadhi

करिब १ करोड ३० लाख रुपैयाँ लागतमा खरिद गरिएका ६ वटा आधुनिक बसहरू यात्रुका लागि अत्याधुनिक सिट, सफा वातावरण र आरामदायी सेवा सहित सञ्चालनमा आएका छन्। धनगढी–काठमाडौँ मार्गको भाडा रु ३५ सय तोकिएको छ, जसमा खाना र खाजाको व्यवस्था समेत गरिएको छ। प्रत्येक बसमा दुई जना चालक रहनेछन् र यात्रु मैत्री सेवामा विशेष ध्यान दिइने बताइएको छ।

nawajiwan

सुप यातायातका अध्यक्ष पदम सापकोटाले “राजगद्दी एक्सप्रेस”ले गुणस्तरीय सेवा मात्र होइन, सुदूरपश्चिमको पर्यटन र आर्थिक गतिशीलतामा टेवा पुर्‍याउने बताए।


त्यसैगरी, सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले यो परियोजनाले क्षेत्रको गौरव बढाउने र निजी क्षेत्रको लगानीले विकासमा नयाँ ढोका खोल्ने उल्लेख गरे।

Attariya Hospital

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले “सुन्दरपश्चिम” अभियानसँगै यस बस सेवाले सुदूरपश्चिमलाई देशव्यापी रूपमा चिनाउने बताए।

प्रदेश अध्यक्ष टेकराज जोशीले भने, “हामीले ठूलो लगानी गरेका छौं, तर सरकारले यातायात पूर्वाधारमा ध्यान दिनुपर्छ।”

डा. हेमराज पन्तका अनुसार, सुप यातायातले यातायातसँगै सामाजिक क्षेत्रमा पनि योगदान दिइरहेको छ। उनका शब्दमा — “नाम जस्तै ‘राजगद्दी सेवा’ ले यात्रुलाई राजसी अनुभूति दिनेछ।”

Advertize US