
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताइएको छ। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। आज राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र देशका अन्य भू-भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। विभागले यात्रा वा पर्वतारोहणमा जानेहरूलाई सतर्क रहन आग्रह गरेको छ।

































