डेढ दशकपछि पनि अधुरो महाकाली करिडोर: सुदूरपश्चिमका जनताका आशा अझै बाटोमै

Image
Nisarga Hospital

सुदूरपश्चिमको विकास र व्यापारिक सम्भावनाको मेरुदण्ड मानिएको महाकाली करिडोर निर्माण सुरु भएको डेढ दशक बितिसक्दा पनि अधुरो छ। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म चार सय १३ किलोमिटर लम्बाइको सडकले सुदूरपश्चिमका चार जिल्ला जोड्ने लक्ष्य राखिएको भए पनि काम सुस्त गतिमा अघि बढेको छ।

CP Hospital Dhangadhi

डडेल्धुराको जोगबुढाबाट बसाइँ सरेका लोकबहादुर थापा र स्थानीय लीला पुनलगायतका बासिन्दा सडक निर्माणको आशामा वर्षौँदेखि प्रतीक्षा गर्दै छन्। उनीहरूका अनुसार सडक अभावले शिक्षा, स्वास्थ्य र व्यापार सबै क्षेत्रमा असर परेको छ। वर्षायाममा सडक पूर्णरूपमा बन्द हुने र बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता अझै कायम छ।

Attariya Hospital

करिडोर बनेपछि भारत र चीनसँग व्यापारिक पहुँच, पर्यटन प्रवर्द्धन र रोजगारीका अवसर बढ्ने अपेक्षा छ। तर बजेट अभाव र प्रक्रियागत जटिलताले योजना अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा मात्र २२ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको छ, जबकि करिब डेढ अर्बको दायित्व बाँकी छ। स्थानीयले यो सडकलाई ‘सुदूरपहाडको लाइफलाइन’ भन्दै तत्काल प्राथमिकतामा राखी सम्पन्न गर्न माग गरेका छन्।

nawajiwan