मुख्यमन्त्री शाह: कांग्रेसभित्र वैचारिक बहस आवश्यक, विशेष महाधिवेशनले दीर्घकालीन लाभ नदिने

Image
Nisarga Hospital

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्र अब वैचारिक बहस सुरु गर्ने बेला आएको बताउनुभएको छ।

CP Hospital Dhangadhi

सोमबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीलाई चलायमान र सुदृढ बनाउन महासमिती सदस्यहरूबीच वैचारिक बहस र छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले अहिलेको विषम परिस्थितिमा विशेष महाधिवेशनको बखेडा उठाउनेभन्दा आन्तरिक संवाद र समन्वयमार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री शाहले भन्नुभयो, “सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा छन्, तर यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउँदैन।”

nawajiwan
Attariya Hospital

उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा राणालाई लक्षित गर्दै गरिएको विरोधबारे पनि टिप्पणी गर्नुभयो। शाहले भन्नुभयो, “देउवा र राणालाई सिध्याउँछु भन्नु दिवा सपना हो। पञ्चहरूले पञ्चायतकालमा सिध्याउन सकेनन्, माओवादीले गोली प्रहार गरेर पनि सकेनन्, र जेन्जि आन्दोलनका क्रममा उहाँ माथी सांघातिक आक्रमणभयो त्यसबाट पनि उहाँ कतै विचलित हुनु भएन। ”

सोही दिन मुख्यमन्त्री शाहले बैतडीको पाटन नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूसँग भेटघाट गर्नुभयो। भेटमा पाटन नगरपालिकाको विकास, करार कर्मचारी व्यवस्था, र स्थानीय सेवा सञ्चालन ऐनका विषयमा विस्तृत छलफल भएको थियो।
त्यसपछि उहाँले पाटन नगरपालिका–९, सिद्धेश्वर हुक्केडाँडामा अवस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय र विद्यालयले सञ्चालन गरेको छात्रावासको निरीक्षण गर्नुभयो। वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत छन्।