मुख्यमन्त्री शाहको आग्रह: निष्पक्ष निर्वाचनका लागि सबै निकाय सक्रिय बन्नु आवश्यक

Image
Nisarga Hospital

अछाम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ।

CP Hospital Dhangadhi

बुधबार अछाममा आयोजित जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्रीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको भेटघाटको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री शाहले, “प्रधानमन्त्रीज्यू संविधान, व्यवस्था र संघीयताप्रति पूर्ण प्रतिबद्ध देखिनुभएको छ,” भन्नुभयो। उहाँले वर्तमान सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी सोहीअनुसार तयारी अघि बढाइरहेको जानकारी दिनुभयो।

nawajiwan
Attariya Hospital

मुख्यमन्त्री शाहले भन्नुभयो, “जनआन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउनु हो। त्यसका लागि सरकारले शान्ति–सुव्यवस्था कायम गर्नुपर्छ र जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ।”

उहाँले जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच आरोप–प्रत्यारोप होइन, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो।

भ्रमणका क्रममा मुख्यमन्त्री शाहले अन्तरतह कार्यालयबीचको सम्बन्ध र सहकार्यको अवस्था, ऐन–कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको स्थिति र शान्ति–सुरक्षाको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो।