बैतडीमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

Image
Nisarga Hospital

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा मतदाता नामावलीमा दर्ता गराउनेको संख्या उत्साहजनक देखिएको छ।

CP Hospital Dhangadhi

जिल्ला निर्वाचन कार्यालयका अनुसार असोज ९ गतेदेखि सुरु भएको नामावली संकलन तथा अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६१८ जनाले नाम दर्ता गराइसकेका छन्, जसमा २०१ महिला र ४१७ पुरुष छन्।

Attariya Hospital

बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको छ। यसअघि बैतडीमा एक लाख ६१ हजार ३१२ जनाको नाम दर्ता भइसकेको तथ्यांक छ। निर्वाचन आयोगले अनलाइनमार्फत विवरण भर्ने र कार्यालयमा फोटो तथा फिङ्गरप्रिन्ट दिएपछि दर्ता प्रक्रिया पूरा हुने व्यवस्था गरेको छ।

nawajiwan

सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले नाम दर्ता गर्न सक्ने र मताधिकार प्रयोगका लागि १८ वर्ष पूरा हुनुपर्ने कार्यालयले जनाएको छ।