कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले सरोकारवालासँग समन्वय गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने निर्णय गरेको छ। नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बुधबार आयोजना गरेको छलफलमा अभियानलाई प्रभावकारी बनाउन सहकार्य आवश्यक रहेको निष्कर्ष निकालियो।

CP Hospital Dhangadhi

छलफलमा नगरभित्र लैङ्गिक हिंसा न्यूनीकरणका लागि काम गरिरहेका विविध संघ–संस्थाले आ–आफ्नो कार्यतालिका अनुसार पायक पर्ने वडाहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। विद्यालय, सामुदायिक संस्था र स्थानीय समूहहरूलाई अभियानमा सहभागी गराउँदै लैङ्गिक हिंसा रोकथाम सम्बन्धी प्रशिक्षण, अन्तर्क्रिया, र चेतनामूलक गतिविधि सञ्चालन गरिने जनाइएको छ।

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वव्यापी रूपमा मनाइने ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ यस वर्ष गोदावरीमा पनि व्यापक रूपमा सञ्चालन हुने तयारी छ। अभियानमार्फत महिलामाथि हुने हिंसा रोकथाम, पीडितलाई सहयोग, तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको नगरपालिका जनाएको छ।