गेटा मेडिकल विश्वविद्यालयमा रजिस्ट्रार पदका लागि १० आवेदन स्वीकृत, उपकुलपतिमा म्याद थप

Image
Geta Medical
Nisarga Hospital

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रजिस्ट्रार पदका लागि १० जनाले दिएको आवेदन स्वीकृत भएको छ। तर उपकुलपति पदका लागि पर्याप्त आवेदन नपरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर ५ गतेसम्म म्याद थप गरेको छ।

CP Hospital Dhangadhi

मन्त्रालयका अनुसार रजिस्ट्रार पदका लागि स्वीकृत आवेदकमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराका शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन्।

रजिस्ट्रार र उपकुलपति पदको विज्ञापन १५ कात्तिकमा १५ दिनका लागि प्रकाशित गरिएको थियो। सिफारिस समितिले दुवै पदका आवेदकको प्रस्तुतीकरण र अन्तर्वार्ता गरी तीन जनाको छोटो सूची बनाउनेछ। रजिस्ट्रार पदका लागि तीनमध्येबाट प्रधानमन्त्रीलाई सिफारिस गरिनेछ।

nawajiwan
Attariya Hospital

उपकुलपति पदका लागि चिकित्सा शिक्षासम्बन्धी विद्यावारिधि वा समकक्ष उपाधि र कम्तीमा १० वर्ष प्राध्यापक अनुभव अनिवार्य छ। रजिस्ट्रार पदका लागि स्नातकोत्तर उपाधि, उच्च शिक्षामा प्राध्यापन, अनुसन्धान, स्वास्थ्य प्रशासन वा प्रथम श्रेणी राजपत्राङ्कित पदमा कम्तीमा पाँच वर्ष अनुभव आवश्यक छ।

दुवै पदमा उम्मेदवारको उमेर अन्तिम मितिसम्म ३५–६१ वर्षबीच हुनु पर्नेछ र राजनीतिक दलको सदस्यता नराखेको हुनुपर्ने नियम छ।