शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी सरोकार समितिद्वारा ज्ञापनपत्र- ६०० शय्या अस्पताल र निष्पक्ष नियुक्तिको जोड

Image
Nisarga Hospital

सुदूरपश्चिममा स्थायी रूपमा सञ्चालन हुनलागेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार विकास तथा शैक्षिक कार्यक्रम विस्तारबारे सरकारको ध्यानाकर्षण गराउन लोकराज पाण्डेय आगो को नेतृत्त्वमा गएको सरोकार समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई विस्तृत ज्ञापनपत्र बुझाएको छ।

CP Hospital Dhangadhi

समितिले सरकार पछिल्ला दिनमा विश्वविद्यालयको संरचनागत विकासतर्फ उन्मुख हुनु सकारात्मक भए पनि अझै महत्वपूर्ण कार्यहरू बाँकी रहेको उल्लेख गर्दै केही प्रमुख मागहरू स्पष्ट रूपमा राखेको छ।

ज्ञापनपत्रमा विश्वविद्यालयले यसै वर्ष कम्तीमा ६०० शय्याको आधुनिक शिक्षण अस्पताल सञ्चालन­योग्य बनाउनु पर्ने, चिकित्सक तथा स्वास्थ्य जनशक्तिको दीर्घकालीन उपलब्धताका लागि यसै शैक्षिक सत्रदेखि MBBS अध्ययन सुरु गर्नुपर्ने र आवश्यक सबै प्रशासनिक प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने माग गरिएको छ।

nawajiwan
Attariya Hospital

समितिले विश्वविद्यालयको नेतृत्व सुनिश्चित गर्ने महत्वपूर्ण पदहरू — उपकुलपति (VC) र रजिस्ट्रार — को नियुक्ति निष्पक्ष, पारदर्शी र योग्यताका आधारमा हुनैपर्नेमा विशेष जोड दिएको छ। साथै, अझै रिक्त रहेका विश्वविद्यालय सभा सदस्यहरू तत्काल मनोनयन गर्नुपर्ने आग्रह गरिएको छ, ताकि नीति–निर्देशन तथा व्यवस्थापनका निर्णयहरू ढिलाइमा नपरोस्।

आगोले मन्त्रीसँगको भेटमा सुदूरपश्चिमको २५ लाखभन्दा बढी जनसंख्यालाई गुणस्तरीय स्वास्थ्य सेवा र आधुनिक चिकित्सा शिक्षा उपलब्ध गराउन विश्वविद्यालयको समयमै विस्तार अत्यावश्यक भएको बताउँदै, यसका लागि सरकारको दृढ संकल्प र तत्काल कार्यान्वयन अनिवार्य रहेको स्पष्ट पारे।

समितिका पदाधिकारीहरू— संयोजक लोकराज पाण्डेय (आगो), सह–संयोजक आनन्दप्रसाद भट्ट र सचिव धर्मसिंह कुँवर—ले सरकार हालसम्म अघि बढेको प्रक्रियाप्रति आभार व्यक्त गर्दै, विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर अनुगमन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।