सेती लोकमार्गलाई प्रदेश सरकारको प्रमुख एजेन्डामा छ मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती लोकमार्गलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा निरन्तर अघि बढाइरहेको बताउनुभएको छ।

CP Hospital Dhangadhi

बिहीवार बझाङका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेती लोकमार्ग निर्माणका लागि आफ्नो निरन्तर पहल जारी रहेको स्पष्ट पार्नुभयो।

मुख्यमन्त्री शाहका अनुसार, “नेपाल सरकारका वैदेशिक भ्रमणहरूमा पनि सुदूरपश्चिमको एकमात्र एजेन्डाका रूपमा सेती लोकमार्गलाई उठाउँदै आएको छु। निर्माण प्रक्रियालाई अघि बढाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत निरन्तर समन्वय भइरहेको छ,” भन्दै सेती लोकमार्ग प्रदेशको विकास र समृद्धिको मेरुदण्ड हुने बताउनुभयो।

nawajiwan

कैलाली, डोटी, अछाम, बझाङ हुँदै बाजुरालाई जोडेर ताक्लाकोट सीमा नाकासम्म पुग्ने यो उत्तर–दक्षिण लोकमार्ग रणनीतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, नेपाल सरकारको प्राथमिकता परियोजना भएकाले द्रुतगतिमा निर्माण सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Attariya Hospital

एक अर्काे प्रसङ्गमा मुख्यमन्त्री शाहले मंसिर २३ गतेको आन्दोलन सुशासन कायम गर्ने तथा भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ भएको स्मरण गर्दै सबै जिम्मेवार तह–स्तर सच्चिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
२०४७ र २०६२/०६३ का आन्दोलनपछिका राजनीतिक परिवर्तनले देशले धेरै विकास निर्माणका काम अघि बढाएको पनि मुख्यमन्त्रीले उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा आर्थिक मामिला मन्त्री नरेश शाही, प्रदेश सभा सदस्य पदमबहादुर शाहीलगायतको सहभागिता रहेको थियो।त्यसपछि मुख्यमन्त्री शाहले नेपाली कांग्रेस बझाङको निर्माणाधीन पार्टी कार्यालय भवन, बाल मन्दिर आधारभूत विद्यालय तथा उर्केन सांगे छ्योलिङ गुम्बाको निरीक्षण गर्नुभयो।

बिहीवार नै उहाँले बझाङ जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित तीनै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनु भएको छ।