सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै लगातार दोस्रो जीत

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टीको दोस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो।

CP Hospital Dhangadhi

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जोस ब्राउनले ३५ बलमा ६८ रनको अर्धशतकीय पारी खेले भने विनोद भण्डारीले ४३ बलमा ४३ रन जोडे। क्रिस लिन र दिपेन्द्र सिंह ऐरीले क्रमशः ३१ र १५ रन योगदान दिए।

जवाफमा पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन मात्र बनायो। कप्तान कुशल भुर्तेलले ३२ बलमा ५२ रन बनाउँदै टोलीको अगुवाइ गरे। जिम्मी निशमले २५ बलमा ४७ रन जोडे। बलिङतर्फ हर्मित सिंहले दुई विकेट लिँदा स्कट कुग्गलेइन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले एक–एक विकेट लिए।

यस जितसँगै सुदूरपश्चिमले दुई खेलबाट ४ अंक जोडेको छ, जबकि पोखराको लगातार दोस्रो हार हो।