धनगढीमा तनाव : शान्तिपूर्ण जेन्जी प्रदर्शनमा युवा संघको आक्रमण, सयौं प्रहरी हुँदा पनि किन रोकेन ?

Image
Oplus_16908288
Nisarga Hospital

धनगढी कभर्डहल अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका करिब दुई दर्जन जेन्जी युवाहरूमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन्। एमाले नेता महेश बस्नेतविरुद्ध प्लेकार्डसहित सडकमा उभिएका प्रदर्शनकारीमाथि सयौं संख्यामा मोटरसाइकलबाट आएका युवा संघका कार्यकर्ताले प्रहरीकै अगाडि कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ।

CP Hospital Dhangadhi

कुटपिटका क्रममा धनगढी–४ की जेन्जी लिडर सरिता जोशी घाइते बनेकी छन्। उनको हात भाँचिएको बताइएकाे छ र उपचारका लागि निसर्ग अस्पताल पुर्‍याइएको छ। साथै गोपाल बोहरा सहित अन्य केही प्रदर्शनकारी पनि सामान्यरुपमा घाइते भएका छन्।

जेन्जी युवाहरूले घटनामा प्रहरी प्रशासनको उदासीनता देखिएको आरोप लगाउँदै आफूहरूलाई सुरक्षा नदिइएको बताएका छन्। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भए पनि आक्रमण रोक्न नसकेको भन्दै उनीहरूले सवाल उठाएका छन्।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा कैलाली प्रहरी प्रमुख नरेन्द्र चन्द र प्रहरी प्रवक्ता राजकुमार सिंह दुबैको फोन नउठेको प्रदर्शनकारीहरूले बताएका छन्। घटनापछि कभर्डहल क्षेत्र तनावपूर्ण बनेको छ।