आजदेखि १ सय रुपैयाँको नयाँ नोट प्रचलनमा आउदै

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि प्रचलनमा ल्याएको छ। साबिककै आकार र रङमा आएको यस नयाँ नोटमा विशेष सुरक्षा र दृश्यात्मक सुविधाहरू समावेश गरिएको छ। नोटमा उल्लेख छ—‘नेपाल सरकारको जमानत प्राप्त, यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ।’

CP Hospital Dhangadhi

नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र रहेको छ। दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सकुन् भनी अशोक स्तम्भसँगै कालो थोप्ला राखिएको छ।

Attariya Hospital

सुरक्षा र सौंदर्य दुवैको लागि नोटमा बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ। नोटमा २ मिमी चौडा सुरक्षा धागो छ, जुन सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

nawajiwan

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ। यस नयाँ नोटले नेपाली रुपैयाँको पहिचान र सुरक्षित प्रयोगलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।