
सुदूरपश्चिम प्रदेशका अति दुर्गम पहाडी बस्तीमा रहेका आर्थिक रूपमा अतिविपन्न तथा श्रमिक परिवारका ९१ जना बालबालिकालाई लक्षित गरी विद्यालय सामग्री र न्यानो कपडा वितरण गरिएको छ।

पहाडी क्षेत्रमा कठोर चिसो मौसम र आर्थिक अभावका कारण अधिकांश बालबालिका नियमित रूपमा विद्यालय जान नसक्ने अवस्थालाई सहज बनाउन उद्देश्यसहित यो सहयोग अभियान सञ्चालन गरिएको हो। यु.एस.ए. निवासी समाजसेवी खुशी राई र उहाको टिमको सहयोगमा हेमा श्री फाउन्डेसनकी कोषाध्यक्ष तथा ईशा फाउन्डेसनकी सदस्य लक्ष्मी बोगटी कुँवर र अभियान्ता निता खत्रीको सक्रिय समन्वयमा पहाडी बस्तीका विद्यालयहरू, स्थानीय प्रतिनिधि र अभिभावकसँग समन्वय गरी उक्त सामाग्रीहरु वितरण गरिएको थियो।
वितरण कार्यक्रममा बालबालिकालाई विद्यालय ब्याग, जाडो मौसमका लागि न्यानो पोसाक, र पढाइमा आवश्यक आधारभूत सामग्री उपलब्ध गराइएको थियो। खुशी राई, सन्देश वानेम लिम्बु, सुरेश याकोस, निर्मल रुम्चेनबुङ, लिट्लि सिंह, राकेश थेबे र संघर्षता राई लगायतका दाताहरूले आर्थिक सहयोगमाशैक्षिक सामाग्री,पोशाक र स्कुल ब्याग बितरण गरिएकाो थियो।
कार्यक्रममा अभिभावक र विद्यालय प्रतिनिधिहरूले उक्त सहयोगले बालबालिकाको विद्यालय उपस्थितिमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। सामुदायिक स्तरमा यस्ता सामाजिक पहलले सुदूरपश्चिमका पहाडी क्षेत्रमा शिक्षा, सहयोग र एकताको भावना मजबुत पार्दै आएको छ।



























