
अत्तरिया: कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा एक पुरुषको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–६ घर भई धनगढी–९ बस्ने ४० वर्षीय राजेश चौधरी बिहीबार बिहान नदीमा माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा डुबेका थिए।
स्थानीयले तत्काल उद्धार गरी गम्भिर अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्याए पनि उपचार सुरु हुन नपाउँदै चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनापछि नदी आसपासका क्षेत्रमा प्रहरीले अनुगमन बढाएको छ।



























