मालाखेती ईप्रकाको सक्रियतामा प्रहरीले अत्तरिया बजारबाट खैरो हेरोइन सहित २ युवक प’क्राउ

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरिया बजारबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बिशेष सूचनाका आधारमा आज मिति २०८२।०८।११ गते साँझ ७:३० बजे प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा बझाङ, जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय विशाल सिंह र ऐ.ऐ. बस्ने २० वर्षीय धर्मेन्द्र सुनार रहेका छन्। अत्तरिया बजारको गोदावरी नगरपालिका–२ क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुवैजनालाई प्रहरीले रोक्दै चेकजाँच गर्दा सिंहको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ राखिएको ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने सेतो–खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषधसहित फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको र हाल इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान जारी रहेको ईप्रका प्रमुख प्रहरी नायब निरिक्षक रणबहादुर चन्दले जानकारी दिए।

प्रहरीले लागुऔषध कारोबार तथा दुवैको संलग्नताबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।