
बैतडीबाट नेकपा एमालेको ११औँ महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। एमाले बैतडीले शनिबार बसेको बैठकमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा छनौट गरेको जनाएको छ।

जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारीका अनुसार खुल्ला कलस्टरमा सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई प्रतिनिधि चयन गरिएको छ। महिला कलस्टरमा धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली छनौट भएका छन्।
दलित कलस्टरबाट नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की चयन भएका छन् भने युवा कलस्टरबाट गोविन्द गिरी प्रतिनिधि बनेका छन्।
सर्वसम्मत चयनले एमाले बैतडीको एकता र महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको सुचारु भूमिका सुनिश्चित हुने अपेक्षा गरिएको छ।



























