युवाको आत्मनिर्भरता र लगानीबाट ५ हजार कुखुरासम्म: कैलालीको शैलेश्वरी कृषि फार्मको उद्यमशील उदाहरण

Image
Nisarga Hospital

अत्तरियाः कैलालीका ३३ वर्षीय युवा व्यवसायी लोकेश खड्काले होटल व्यवसायसँगै कुखुरा पालनमा पनि नयाँ उचाइ ल्याएका छन्।

CP Hospital Dhangadhi

२०६५ सालदेखि अत्तरिया बसपार्कमा होटल सञ्चालन गर्दै आएका खड्काले कोरोना महामारीको समयमा आफ्नो गाउँमा नयाँ अवसर खोज्दै ‘शैलेश्वरी कृषि फार्म’ स्थापना गरे। सुरुमा ५०० कुखुरासँग सुरू गरिएको फार्म अहिले ५ हजारभन्दा बढी कुखुरासहित व्यवस्थित पोल्ट्री व्यवसायमा परिणत भइसकेको छ।

nawajiwan

फार्म गोदावरी नगरपालिका–११, ओलानीमा अवस्थित छ र यहाँ स्थानीय जातका कुखुरा पालन, चल्ला उत्पादन र ताजा अण्डा बिक्री भइरहेको छ। प्रत्येक लटमा नयाँ जातका कुखुरा ल्याइ कैलाली जिल्लाभर उपलब्ध गराइन्छ। यसले अत्तरिया, धनगढी र आसपासका बजारमा लगातार माग पूरा गर्दै आएको छ।

फार्मका व्यानरमा लेखिएका संदेशहरू—“बिन्ती! घर छोडेपनि, देश नछोडौं” र “भोकको अन्त्य किताबले होइन, किसानको मेहनतले गर्छ”—ले व्यवसायीको दृष्टिकोण र युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिन्छ।

Attariya Hospital

खड्काका अनुसार परिवारको समर्थन र प्रारम्भिक ५ लाखको लगानीबाट सुरु भएको फार्म अहिले ५० लाखसम्म लगानीमा फैलिएको छ। होटल र कृषि व्यवसायमार्फत १४ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध भएको छ। उनले युवा व्यवसायीहरूलाई सन्देश दिन्छन्—“देशमै अवसर खोजौं, विदेश जानै पर्दैन।”

उनी थप भन्छन्, यदि सरकारले अनुदान, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा साथ दियो भने दर्जनौं युवाले आफ्नो गाउँमा रोजगारी सृजना गर्न सक्नेछन्।

oplus_0

oplus_0
Lokesh Kukhura Faram