खेलकुदमा उत्कृष्ट प्रदर्शन : अत्तरियाको सत्यवती एकेडेमीले पदक विजेतालाई छात्रवृत्ति प्रदान गर्दै प्रोत्साहन

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले गोदावरी नगरपालिका स्तरिय १६ औँ राष्ट्रति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलकुदमा संलग्न विद्यार्थीहरुलाई विशेष सम्मान र प्रोत्साहन प्रदान गरेको छ। ४३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एकेडेमीले कुल २४ पदक प्राप्त गर्दै छैठौँ स्थान तथा निजी बिद्यालय मध्येको दोस्रो स्थान हासिल गरेको छ। जसमा ३ स्वर्ण, १० रजत र ११ कास्य पदक समावेश रहेका छन ।

CP Hospital Dhangadhi

विद्यालयका संचालक वीर बहादुर कडायतका अनुसार, “खेलकुदमा सफलता केवल पदक र सम्मानको कुरा होइन, विद्यार्थीको आत्मविश्वास र मनोबल बढाउने अवसर हो। हामीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि पदक विजेताहरुलाई छात्रवृत्ति प्रदान गर्दै विद्यार्थीको मेहनत र लगनशीलतालाई मान्यता दिएको बताएका छन ।

nawajiwan

विद्यालयले छात्रवृत्ति योजनालाई विशेष प्राथमिकता दिएको छ। स्वर्ण पदक विजेताले ३ महिना, रजत पदक विजेताले २ महिना र कास्य पदक विजेताले १ महिना छात्रवृत्ति पाउनेछन्। यस्ता कदमले विद्यार्थीलाई खेलकुदमा अझ सक्रिय सहभागिता बढाउन र प्रतिस्पर्धात्मक मानसिकता विकास गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिएको छ।

खेलकुद र शिक्षा दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरू पनि सम्मानित भए। कक्षा ८ को गणित शिक्षक सन्तोष चौधरी र हाम्रो गोदावरी शिक्षक सन्जना कडायतलाई पालिका सँगै विद्यालयले पनि विशेष सम्मान दिएको छ।

Attariya Hospital

सत्यवती एकेडेमीले यसरी विद्यार्थीको खेलकुद क्षमतामा मात्र होइन, भविष्यमा आत्मविश्वास र नेतृत्व विकासमा पनि योगदान पुर्‍याउँदै आएको छ। विद्यालयले खेलकुदमा सफलता प्राप्त विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने परम्परा जारी राख्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ।

राष्ट्रति रनिङ्ग शिल्डमा पाँच पदक जितेका कक्षा ११ का बिशेष राना मगर भन्छन्, “१ वर्षको छात्रवृत्ति पाउँदा खेल खेलेर पनि जीवनमा धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास झनै बढेको बताएका छन ।


उनका अनुसार खेलकुदले अनुशासन, साहस र लक्ष्यप्रति समर्पण सिकाएको छ। विद्यालयको सहयोग र शिक्षकको मार्गदर्शनले आफू अझ ठूलो लक्ष्यतर्फ अघि बढ्न प्रेरित भएको उनले बताए।

विद्यालयको यो पहलले न केवल खेलकुदमा प्रतिभा प्रोत्साहन गर्छ, तर विद्यार्थीलाई मेहनत र अनुशासनका लागि प्रेरित गर्ने बलियो सन्देश पनि दिन्छ।

oplus_0